न्युज २४

काठमाडौं, ७ असोज । सरकारले उद्घोष गरेको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ । अब वैदेशिक रोजगारीबाट फर्किएका तथा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार बसेका र व्यवसायीक कृषि तथा पशुपंक्षीसम्बन्धी उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउनेछन् ।

Advertisement

जसमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सस्तो दरमा १० लाख सम्म त्यस्तैगरी शैक्षिक योग्यताको सर्टिफिकेट धितोमा राखेर ७ लाख सम्म ऋण दिलाउने ब्यावस्था मिलाईनेछ ।

त्यसैगरी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा ऋण लिनेले सामूहिक जमानीको कागजात पेश गरेर ५ करोडसम्मको ऋण ५ प्रतिशत ब्याज अनुदानमा लिनसक्नेछन् । सो भन्दा बढी लिए सरकारले २ प्रतिशत मात्रै ब्याज अनुदान दिनेछ ।

स्वरोजगार बन्न चाहाने स्नातक उत्तीर्ण भएकालाई पनि सरकारले ऋण दिनेछ । यसका लागि ४० वर्षको उमेर हद तोकिएको छ । आफ्नो परियोजना सञ्चालनका लागि शैक्षिक प्रमाणपत्र धितोमा राख्नुपर्छ । र,कम्तिमा परियोजनाबारे एक हप्ताको सरकारी मान्यताप्राप्त संस्थाबाट तालिम लिएको पनि हुनुपर्छ ।

यस्ता युवाले ७ लाख रुपैयाँसम्मको ऋण ५ प्रतिशतको ब्याज अनुदानमा पाउनेछन् । विदेशबाट फर्किएकाले लाखसम्म ऋण लिन पाउनेछन् ।त्यसका लागि परियोजना नै धितोमा राख्नुपर्छ । विदेशमा कम्तिमा ६ महिना काम गरेर फर्केकाहरुले पनि सहुलियत ब्याजदरको ऋण प्राप्त गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!