काठमाडौ, २ असोज । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।
वाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।
निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।