नुवाकोट, २८ असार । नुवाकोटलाई आज खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ ।

Advertisement

विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले यहाँको बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको घोषणा गरे ।

उनले सरसफाइको न्यूनतम मापदण्डअन्तर्गतको कार्यक्रममा समावेश भए पनि पूर्णसरसफाइतर्फ लैजान आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यहाँका ६९ हजार ६१८ घरमा पक्की शौचालय निर्माण तथा जिल्लाको सबै स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेको आधारमा सिङ्गो जिल्लालाई नै खुला दिसामुक्त घोषित गरिएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!