मुम्बई,  ३० वैशाख। चर्चित पोर्नस्टार सन्नी लियोनीको बलिउड आगामनको चर्चा सेलाउन नपाउदै अर्की पोर्नस्टार भारतीय फिल्म उद्योगमा भित्रिएकी छिन्।

Advertisement

चर्चित निर्माता रामगोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।

मियाले केही समय अगाडि ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन्। ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ।’

उनले रामगोपाल बर्मालाई धन्यवाद पनि भनेकी छिन्। रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो।

रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन्। तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!