विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा शिक्षादीप र कान्तिपुर कलेज फाइनल प्रवेश गरेका छन् । जुट मिलको खेल मैदानमा आज भएको पहिलो खेलमा शिक्षादीप कलेजले अर्किड कलेजलाई २ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङको गरेको शिक्षादीपले निर्धारित २० ओभरमा १७ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ३ रनको योगफल तयार पारेको थियो । शिक्षादीपका सोनुकुमार सिंहले सर्वाधिक अविजित ३५ रनको योगदान दिए । अर्किडका कृष्ण यादवले २ विकेट लिँदा नन्दकिशोर यादव र मौसम ठाकुरले पनि २–२ विकेट लिए ।

जवाफमा १ सय ४ रनको लक्ष्य पाएको अर्किडले १७ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय १ रन मात्र जोड्न सक्यो । अर्किडका श्रेयस दाहालले सर्वाधिक अविजित २० रनको योगदान दिए । शिक्षादीपका प्लेयर अफ म्याच सोनुकुमार सिंहले ४ ओभरमा १३ रन दिए ५ विकेट लिए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले  अरनिको कलेजलाई १५ रनको अन्तरले पराजित गर्दै  सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनको योगफल तयार पारेको थियो ।

कान्तिपुरका सिताराम कामतले सर्वाधिक २६ रनको योगदान दिए । अरनिकोका साजन यादवले २ विकेट लिँदा अभिषेक मण्डल र साइस्वर कोइरालाले २–२ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको लक्ष्य पाएको अरनिकोले  पुरै ओभर खेल्दै ७ विकेट गमाउँदै १ सय १५ रन मात्र बनाउँन सक्यो । अरनिकोका रोनक राजपुतले सर्वाधिक २१ रनको योगदान दिए ।

कान्तिपुरका प्लेयर अफ म्याच अरविन्द मण्डलले २ विकेट लिँदा राजन यादवले पनि २ विकेट लिए ।  यस्तै आज भएको फुटबलमा जेभियर्स, कान्तिपुर, शिक्षा सन्देश र रेडस्टार कलेज विजयी भएका छन् ।

विराटनगरको सहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा जेभियर्स कलेजले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै छात्रतर्फको पहिलो खेलमा शिक्षा सन्देश कलेजले मोडर्न ऐरा कलेजलाई १–० को गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैगरी भलिबलमा छात्रतर्फ मोडर्न एरा, शिक्षादीप तथा छात्रातर्फ राष्ट्र निर्माण, बुद्ध र शिक्षा सन्देश कलेज विजयी भएका छन् । कबडीमा ग्रिनल्याण्ड, अर्किड, कान्तिपुर र शिक्षादीप कलेज विजयी भएका छन् ।

बास्केट बलको उपाधि विकेभिएम कलेजले जितेको छ । विकेभिएमले कोवास कलेजको कोर्टमा भएको फाइनल खेलमा शिक्षादीप कलेजलाई २८–२५ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!