विराटनगर । विराटनगरमा ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा सञ्चालनमा आएको छ । देशभर ११ वटा शाखा रहेको र विदेश जाने विद्यार्थीहरूलाई ९ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको कार्यकारी अध्यक्ष भुवन गिरीले जानकारी दिए । अहिले ७ वटा देशमा विद्यार्थी अध्ययनको लागि पठाउँदै आएको उनले बताए ।

Advertisement

हाल अस्ट्रेलिया, न्युजिल्यान्ड, युके, डेनमार्क, अमेरिका, क्यानाडालगायत देशमा विद्यार्थी जाने गरेका छन् । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबाट जाने विद्यार्थीको रोजगारीको सुनिश्चितता समेत गरिँदै आएको गिरीको भनाइ छ । अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थी विदेश अध्ययनको लागि पठाएको उनले बताए ।

नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज भट्टराईले विद्यार्थीलाई राम्रो शैक्षिक परामर्श दिनको लागि ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको भूमिका ठूलो रहेको बताए । 

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, शिक्षा दीपक कलेजका व्यवस्थापन संकायका प्रमुख शैलेन्द्र सिवाकोटी लगायतको उपस्थिति थियो । सोही अवसरमा चर्चित गायक हिमाल सागरले आफ्ना गीत प्रस्तुत गरेका थिए । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!