विराटनगर । विराटनगरको बरगाछीस्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आज दिउँसो पौने ३ बजेतिर आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास जारी छ ।

Advertisement

विराटनगर महानगरपालिकाको दकमल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । अस्पताल प्रशासनका अनुसार आगलागीका बेला आईसीयूमा कोही बिरामी थिएनन् ।

आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको छ । यकिन कारण थाहा नभए पनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!