संगालोखबर संवाददाता

धनकुटा, २४ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठन छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा लोकबहादुर अधिकारी निर्वाचित भएका छन । संगठनको प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा समिति निर्माण गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, महिला उपाध्यक्षमा तुलसा ओझा, सचिवमा वेगबहादुर सिजाली र सह–सचिवमा कमला नेपाल, कोषाध्यक्षमा रामबहादुर अधिकारी र सह–कोषाध्यक्षमा सूर्यकुमारी थापा चयन भएका छन ।

Advertisement
नव गठित कार्यसमिति । तस्वीर: दिवेश खड्का/संगालोखबर

त्यस्तैगरी वडागत सदस्यहरु तर्फ १ नं वडामा प्रेम कार्की, २ नम्बरमा भोगेन्द्र गुरागाई, ३ नं मा मोहनकर्ण लिम्बु, ४ नं मा हेमबहादुर लिम्बु, ५ नं मा ज्ञानप्रसाद ओझा र ६ नं मा तीर्थकुमार लिम्बु चयन भएका छन ।

त्यस्तै सस्थागत बिद्यालय तर्फ गोविन्द थापा र छिरिङ शेर्पा, महिला सदस्यमा रन्जना ओझा र सन्जुमाया लिम्बु चयन भएका छन ।

नेपाल शिक्षक संगठन छथरको प्रथम अधिवेशनमा सहभागिहरु । तस्वीर: दिवेश खड्का/संगालोखबर

यता प्रदेश प्रतिनिधिमा बिन्दु लिम्बु, खेलबहादुर लिम्बु र लोकबन्धु थापा र जिल्ला समिति सदस्यमा पूर्णबहादुर लिम्बुलाई चयन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement