रबिन कटेल/संगालोखबर

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षको मकुना नामको हात्ती आज मृत फेला परेको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मकुना मृत भेटिएको हो ।

Advertisement

आइतबार बिहान करिव ५ बजे मकुना मृत भेटिएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेर मकुनाको मृत्यु भएको जनाइएको छ ।

हिंस्रक भएको भन्दै एक वर्षअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले मकुनालाई मार्ने योजना बनाएको थियो । तर त्यसको विरोध भएपछि प्रशासन पछि हटेको थियो । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु चिकित्सक र प्रविधिक टोली आएर मकुनालाई शान्त बनाउन डार्ट गरी उपचार गरेका थिए ।

मकुनाको आक्रमणबाट आरक्ष आसपास १६ जनाको मृत्यु भइसकेको स्थानीय बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement