काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ ।

Advertisement

विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।

अनुगमनको क्रममा यात्रुहरुको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाईएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन आन्तरिक टर्मिनल भवनहुदै सहजै बाहिर आउने गरेको अर्थ मन्त्रालयको निकायले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तस्करीको गोप्य बाटो भेटिएपछि मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको अाजको कारोबार दैनिकमा समाचार छ ।  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!