काठमाडौं । प्रधानमन्त्री र सत्ता सहयात्री कांग्रेसबीच अविश्वास बढ्दै गएको छ । सरकार गठनका वेला कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनसम्म प्रचण्ड र त्यसपछि प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने सहमति भएको थियो । तर, पछिल्ला दिनमा प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा नगरेको भन्दै कांग्रेस नेताहरू असन्तुष्ट बनेका छन् ।

Advertisement

कांग्रेस पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ । तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत छैनन् । स्थानीय निर्वाचन चैतमा गराउने योजनासहित प्रधानमन्त्री बनेका प्रचण्डले त्यसमा पनि ढिलाइ गरेकोमा समेत कांग्रेस असन्तुष्ट छ ।

सत्ता गठबन्धनको अर्काे दल राप्रपा पनि प्रधानमन्त्रीसँग चिढिन थालेको छ । आफूहरू सरकारमै रहे पनि प्रधानमन्त्रीले सत्ता सहयात्री दलको जस्तो व्यवहार नगरेको उसको गुनासो छ । संविधान संशोधन विधेयक ल्याउँदा आफूसँग सल्लाह नै नगरेको भन्दै राप्रपाले विपक्षमा मतदान गर्ने बताइसकेको छ ।

संविधान संशोधनका लागि मोर्चाले प्रधानमन्त्रीमाथि दबाब बढाइरहेको छ । संशोधनविनै निर्वाचनको मिति घोषणा भए त्यही दिनबाट आन्दोलनमा जाने चेतावनी मोर्चाले दिँदै आएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शनिबार मात्रै सप्तरीमा सरकारले निर्वाचन घोषणा गरे आन्दोलन घोषणा गरी अगाडि बढ्ने बताएका छन् । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिपक्षी एमालेलगायत नौ दल प्रधानमन्त्रीसँग सरकार गठन भएदेखि नै असन्तुष्ट छन् । १४ मंसिरमा संविधान संशोधन विधेयक दर्ता भएपछि विपक्षी थप चिढिएका छन् । एमालेले तत्काल निर्वाचनको मिति घोषणा गरी चुनावमा जान दबाब दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!