काठमाडौं । सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले व्यक्ति हत्याको अभियोग ठहर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरेको छ ।

Advertisement

निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ‘ढुंगेललाई किन पक्राउ नगरिएको’ भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो ।

यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई पत्र लेखिएको थियो । जवाफमा प्रहरी प्रधान कार्यालयबाट ढुंगेल फरार भएको पत्र पठाइएको थियो ।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, पाँच महिना २२ दिन कैद कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रशासनले फरार भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा दैख्दै आएको पत्रमा लेखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!