काठमाडौं, ६ पुस । निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको उपाधी रवि ओडले जितेका छन् । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो ।

Advertisement

यस्तै विक्रम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

दोस्रो संस्करणको आइडलको फाइनलमा रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक र विक्राम बराल प्रवेश गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!