धनकुटा, २८ बैशाख । उद्योग बाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको आज बिहान निधन भएको छ । निमोनियाका कारण फोक्सोमा समस्या देखिएर उपचाररत ७१ बर्षीय घिमिरेको बिहान करिव ५ बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।
११ दिनदेखि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत घिमिरेको निधन भएको उनका भतिज उमेश घिमिरेले संगालोखबरलाई जानकारी दिएका छन् ।
निमनियाका कारण फोक्सोमा समस्या देखिएपछि उनलाई प्रतिष्ठानको आईसीयूमा राखेर उपचार भईरहेको थियो ।
घिमिरेको निधनको खवर थाहा पाएपछि उनका आफन्त र शुभेच्छुकहरु घोपामा भेला हुन थालेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियासिल उनी सालिन ब्यक्तिको रुपमा परिचित थिए ।
उनको पार्थिव शरिरलाई मुलघाटमा आजै अन्त्येष्टि गरिने बताईएको छ । हिले स्थायी घर भएका घिमिरेका श्रीमतिसहित दुई छोरा र पाँच छोरी छन् ।