काठमाडौं,२६ असोज । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा लिएर आएको छ ।डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ ।

Advertisement

आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्छ ।

डाबर नेपालका माकेर्टिङ हेड, श्री अभय गोर्खालीले भने, “डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा उपभोक्ताहरूलाई प्रदान गर्छ, । ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले प्रदान गर्ने प्रतिवद्धताका साथै डाबर रेड जेल नेपाली बजारमा लिएर आएका छाैं ।”

यो उत्पादन हाल ३ साइजमा उपलब्ध छ । यसको १५० ग्रामको प्याकलाई १००, ८० ग्रामलाई ६० तथा २५ ग्रामलाई २४ रुपैयाँमा उपलब्ध छन् ।

दैनिक रुपमा प्रयोग हुने सामग्रीहरु बजारमा ल्याएर डाबर नेपाल हरेक नेपाली उपभोक्ताका लागि विश्वसनीयताको प्रतीक बनेको कम्पनी बताउँछ ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!