राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा लुकाइछिपाई ल्याइएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको छ । अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

यसैबीच आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था एकदमै कडा पारिएको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!