प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व
पोखरा, ७ फागुन ।  भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई रु ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी रु ४५ हज...

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने
काठमाडौं, ७ फागुन ।  विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ। क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग ...

विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ, ७ फागुन ।  जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल का...

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा
खोटाङ, ७ फागुन । वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्त...

नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो
काठमाडौँ, ५ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टो...

विश्वकप छनोट प्रतियोगिता: नेपालको पहिलो खेल जिम्बावेसँग

विश्वकप छनोट प्रतियोगिता: नेपालको पहिलो खेल जिम्बावेसँग
काठमाडौं, ४ फागुन ।  एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङक...

नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

नेपाल डिभिजन–२ को उपविजेतामा सीमित
काठमाडौँ, ३ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शत...

उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य
काठमाडौं, ३ फागुन । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपाललाई युएईले २ सय ७८ रनको लक्ष्य दिएको छ । नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो । निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर १७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ र...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि
काठमाडौँ, ३ फागुन ।  प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मे...
error: Content is protected !!