किन फेरियो एमालेको बोली ? ओलीले देखाए ‘ब्याकफोर्स’ को डर

किन फेरियो एमालेको बोली ? ओलीले देखाए ‘ब्याकफोर्स’ को डर
काठमाडौं। बुधबार व्यवस्थापिका संसदको बैठक बस्ने तयारी गर्दैगर्दा सरकार र माओवादी नेताहरु नेकपा एमालेले संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न दिनेमा सत्तापक्षका नेताहरु ढुक्क थिए । चुनावको मिति घोषणासँगै पछिल्लो समय एमाले नेताहरुसँग भएका छलफल निकै सकारात्मक थिए । सुरुमा संशोधनमा छलफल नै हुन दिन्न भन्ने एमाले नेताहरुको बोली एकाएक नरम भएको थियो । र, एमालेले संविधान संशोधनको अन्तरवस्तुमा...

अजरबैजानका राट्रिपतिद्धारा आफ्नै श्रीमतीलार्इ उपराष्ट्रपतिमा नियुक्त

अजरबैजानका राट्रिपतिद्धारा आफ्नै श्रीमतीलार्इ उपराष्ट्रपतिमा नियुक्त
अजरबैजान । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन ।अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । यही अधिकारको प्रयोग गर्दै राष्ट्रपति अलिएभले विगतमा सांसद र एउटा गैर नाफामूलक सामाजिक सेवा संस्थाकी प्रमुखसमेत रहिसकेकी ५२ बर्षीया प्रथम महिल...

नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने

नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने
काठमाडौं । वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ।  मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो। श्रम सम्झौताबिना लाखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको छलफलमा सह...

हत्या आरोपमा श्रीमतीसहित चारजना थुनामा

हत्या आरोपमा श्रीमतीसहित चारजना थुनामा
महोत्तरी । स्थानीय हतिसर्वा गाविस– ८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रको हत्यो आरोपमा महोत्तरी जिल्ला अदालतले मृतककी पत्नीसहित चार जनालाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायधीश केशवप्रसाद घिमिरेको इजलासले मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर– ६ बस्नेफिरोज कवारी, बगडा– ७ बस्ने गङ्गाराम दास र महोत्तरी गाविस– ७ बस्ने कुवेर राउतसहित चारजनालाई पुर्पक्षका लागि म...

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो
काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश मारेका छन् । उनीजस्तै अन्य १३ य...

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’ चुनाव घोषणाको प्रमुख विपक्षी नेकपा एमालेका साथै सत्तारुढ राप्रपाले स्वागत गरेको छ...

राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित

राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएको नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ । महाधिवेशनको पूर्व...

राप्रपा अध्यक्षका लागि मतदान सुरु, थापा र राणा चुनावी मैदानमा

राप्रपा अध्यक्षका लागि मतदान सुरु, थापा र राणा चुनावी मैदानमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशमा अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणा चुनावी मैदानमा छन् । पहिलो भोट अध्यक्षका उम्मेदवार राणाले खसाले भने लगतै डा. प्रकाशचन्द्र लोहनीले मतदान गरेका छन् । राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । डा. प्रकाशचन्द्र लोहनी निकट राणाको उम्मेदवारीले थापालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास असफल भएको...

नागरिक उडड्यन प्राधिकरणमा जागिर खुल्यो

नागरिक उडड्यन प्राधिकरणमा जागिर खुल्यो
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ७५ जना कर्मचारीको लागि खुला दरखास्त मागेको छ । विभिन्न पदमा पूर्तिका लागि थप ५२ जनालाई करारमा बरिष्ठ अधिकृतमा भर्ना गर्न लागिएको छ । आज एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पददमा दरखास्त मागेको हो ।  करारको छुट्टै सूचना पनि प्राधिकरणले निकालेको छ । विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर...

हिरासतबाटै थुनुवा भागे, पाँच प्रहरी कारबाहीमा

हिरासतबाटै थुनुवा भागे, पाँच प्रहरी कारबाहीमा
बैतडी – चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा –३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । जिल्ला प्रहरी का...
error: Content is protected !!