हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई

हेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । आज भएको फाइनलमा खेलमा निर्धारित समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । उपाधि विजेता त्रिभुवन आर्मीले रु पाँच लाख तथा उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी घो...

डीपीएल अक्सन: चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए

डीपीएल अक्सन: चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए
काठमाडौँ, ९ फागुन । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो । त्य...

डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?

डीपीएल अक्सन : कुन टिमले कसलाई कतिमा किने ?
काठमाडौं, ९ फागुन । चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। लिगमा सहभागी हुने ६ टिमले अक्सनमार्फत कुल ७२ जना खेलाडी खरिद गरे। राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा सहभागी हुन कुल १९२ जनाले आबेदन दिएका थिए भने १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत अक्सनमा राखिएको थियो। खेलाडीहरुलाई ४ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो। बिहान ८:३० बजे देख...

देशकै सर्बाधिक धनराशीको डीपीएल अक्सन हुँदै, कति हुनेछ खेलाडीको मूल्य

देशकै सर्बाधिक धनराशीको डीपीएल अक्सन हुँदै, कति हुनेछ खेलाडीको मूल्य
काठमाडौं, ९ फागुन । चैत्र ५ देखि १९ गते सम्म आयोजना हुने देशकै सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको खेलाडी चयन गर्न अक्सन बुधबार हुँदैछ। डिपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार अक्सनमा १९२ जनाले आबेदन दिएका छन् भने १२ जना खेलाडीहरु ट्यालेन्ट हन्टमार्फत अक्सनमा सहभागी हुनेछन्। गत बर्ष अक्सन हुँदाको दृश्य अक्सनमा सहभागी खेलाडीहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ गरि ३ वटा श्रेणीमा बिभाजन गरिएको छ। ‘ए...

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक
खजुरा, बाँके, ९ फागुन ।  विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टल...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा
पोखरा, ९ फागुन ।  प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्र...

कलेजस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने

कलेजस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने
इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी दिनुहुँदै उक्त प्रतियोगिता क्रिकेटका लागि उच्च दक्ष जनशक्ति उत्पादनका...

राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित
बागलुङ, ९ फागुन ।  राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो । बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुप...

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने
काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो । उहाँले फिफासँग विगत ४० वर्षदेख...

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु
जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...
error: Content is protected !!