संगालोखबर संवाददाता

धनकुटा, ३२ साउन । जिल्ला समन्वय समिति धनकुटामा एमालेको प्यानलनै निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका टंकबहादुर चुवान निर्वाचित भएका छन । त्यस्तै उप–प्रमुखमा एमालेकै बंगलाकुमारी राई निर्वाचित भईन् ।

सदस्यहरुमा पनि एमालेकै शीव आङ्ला, ओङ्दा थिङ तामाङ, डागमकुमार राई, अम्बिका बुढाथोकी खड्का, आयुश्मा विश्वकर्मा र सीता राई निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण गराईएको छ ।

Advertisement
निर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै कांग्रेस उपसभापति नविनकिशोर शाक्य । तस्बीरः रविन कटेल/संगालोखबर

मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जिसस प्रमुख चुवान र उपप्रमुख राईलाई सपथग्रहण गराएका छन । सदस्यहरुलाई भने जिसस प्रमुख चुवानले सपथग्रहण गराए ।

जिल्लाका सात वटै स्थानीय तहमा एमाले बिजयी भएपछि समन्वय समितिमा अन्य दलबाट उमेद्वारी नपरेकाले एमालेको प्यानलनै निर्विरोध निर्वाचित भएको हो । सपथ ग्रहणपछि जिसस प्रमुख चुवान र उपप्रमुख राईले सबै दलसंग समन्वय गरेर धनकुटाको समग्र विकासमा लागिपर्ने प्रतिवद्धता जनाएका छन ।

पदभार ग्रहण गर्दै नव निर्वाचित प्रमुख टंक चुवान । तस्बीरः रविन कटेल/संगालोखबर

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, एमाले अध्यक्ष राजेन्द्र राई, नेपाली कांग्रेसका उपसभापति नविनकिशोर शाक्य, तत्कालिन जिल्ला विकास समितिका पहिलो सभापति धर्मराज पौडेल, पुर्व सांसद गोपाल गुरागाई, दुर्गा लिंखा, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतले शुभकामना निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन ।

निर्वाचित पदाधिकारीले सपथग्रहणसँगै कार्यभार पनि संहालेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement