रबिन कटेल

ललितपुर । ललितपुरको गोदावारी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३१ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि मंगलवार किर्तिपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ११३३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement