रबिन कटेल/संगालोखबर

खोटाङ । खोटाङको केपिलासगढीमा धकेलेर लडाउँदा घाइते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुँनेमा केपिलासगढी–२ खार्ताम्छाका ६९ बर्षीय हरी प्रसाद राई छन् ।

Advertisement

विहीवार राती ११ बजे सामान्य विवादका क्रममा स्थानीय २९ बषीय मन कुमार राईले हरी प्रसादलाई धकेलेर लडाएका थिए । लडेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराती १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बृद्धलाई धकेल्ने मन कुमारलाई प्रहरीले पक्राउ गरेर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement