रबिन कटेल/संगालोखबर

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया नीला राई मृत फेला परेकी छिन् । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।

Advertisement

काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बसेर पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुखहरूमा पनि रगत लतपतिएको छ भने घटनास्थलमा ब्लेड र विषको बट्टासमेत भेटिएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement