रबिन कटेल/संगालोखबर

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गएराती एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको भदैया–६ का ८४ बर्षीय कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

उपचारका लागि भदौ ६ गते प्रतिष्ठान भर्ना भएका उनमा पीसीआर परीक्षण गर्दा भदौ ७ गते रिपोर्ट पोजिटिभ आएको थियो । उनमा अत्याधिक खोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आएको थियो ।

उपचारकै क्रममा राती करिब ११ः२० बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । मृगौलाको दीर्घरोगीसमेत रहेर उनको डायलायसिससमेत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement