संगालोखबर संवाददाता

बिराटनगर । उदयपुर र मोरङबाट गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न ८ जनालाई गएराती प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–३ चिचिला टप्पुमा गाँजा बिक्री बितरण तथा ओसार पसार भईरहेको अवस्थामा पुगेको प्रहरीले ७ जनालाई राती करिव साँढे ११ बजे नियन्त्रणमा लिएको हो ।

Advertisement

स्थानीय २९ बर्षीय श्याम माझी २ केजी गाँजासहित घरबाटै पक्राउ परेका छन् । त्यस्तै गाँजा ओसार पसारमा संग्लग्न स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ बर्षीय जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बुद्धीमानले घर नजिकै केरा घारीमा लुकाएर राखेको २ केजी गाँजा पनि बरामद भएको छ ।

यसैगरी मोरङको जहदा गाउँपालिकाबाट पनि गएराती गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–३ का ५० बर्षीय बाबुलाल सोरेन छन् । उनको घरमा गाँजा बिक्री बितरण भईरहेको सूचना पाएपछि राती करिव ११ बजे पुगेको प्रहरीले ५ सय ग्राम गाँजासहित सोरेनलाई पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement