संगालोखबर संवाददाता

क्यानबेर्रा, १० कात्तिक ।अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुनुहुन्छ ।

Advertisement

उहाँहरुसँग दोहोरो नागरिकता रहेकाले उहाँहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ ।

जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो । उहाँहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसक्नु भएको थियो ।

जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मीनु भएको हो भने रोबर्टस् भारतमा जन्मीनु भएको थियो ।

त्यस्तै वेल्स र उहाँको बुवाको जन्म क्यानडामा भएको हो । उहाँहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement