रबिन कटेल

विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विराटनगरस्थित नेपाल आयल निगम घेराउ गरेका छन् ।

Advertisement

जनताले थेग्नै नसक्ने गरी खाना पकाउने ग्याँसको मूल्यवृद्धी भएको भन्दै शुक्रबार दिउँसो उनीहरुले आयल निगमको गेट अगाडि प्रदर्शन गरेका हुन् । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा पुगेका युवा तथा विद्यार्थीहरुको समूहले नाराबाजीसमेत गरे । विरोध कार्यक्रममा युवाहरुले ब्यानर, प्लेकार्ड बोकेर सरकारविरुद्ध नारा–जुलुस गर्दै निगमको प्रादेशिक कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियु मोरङका सह–सचिव नविन पहाडीले निगमले गरेको मूल्यवृद्विलाई केन्द्रीय सरकारले नियन्त्रण गर्न नचाहेर सर्वसाधारण जनताको ढाड सेक्न खोजेको आरोप लगाए । उनले सरकारले मूल्यवृद्वि नियन्त्रण गर्न कदम नचालेसम्म आन्दोलन थप शसक्त बनाउने चेतावनीसमेत दिए । पहाडीले मूल्यवृद्विविरुद्ध विराटनगरको मेनरोडमा खाली सिलिण्डरसहित प्रदर्शन र मसाल जुलुस गरिसकेको र सरकारले मूल्यवृद्वि रोकथाम गर्न ठोस कदम नचालेसम्म संयुक्त युवा–विद्यार्थीको आन्दोलन जारी रहने बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement