रबिन कटेल
फायल तस्बीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित नाम्फुवा खोल्सीमा शनिवार दिउँसो एक बृद्धको शव फेला परेको छ । काठमाडौं जान भनेर घरबाट हिडेका स्थानीय ६३ बर्षीय इन्द्रबहादुर लिम्बुको शव खोल्सीमा भेटिएको हो ।

उनी १० दिन अघि काठमाडौं जान भनेर घरबाट हिडेका थिए । दिउँसो साढे १ बजे उनको शव खोल्सीमा भेटिएको हो । स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद नदेखिएको र परिवारका सदस्यले पनि कुनै आशंका नगरेकाले बृद्धको शव परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement