रबिन कटेल/संगालोखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित माखन टोलमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र काठमाडौं महानगरपालिका वडा नंम्बर २४ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय तारनी मन्दिर परिषरमा सञ्चालन गरिएको शिविरमा केएमसीका डाक्टरहरुले ७९७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १९१ जनाको भिडियो एक्सरे, १८६ जनाको रक्त परीक्षण र ७२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै शिविरमा ३७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३१ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसी अध्यक्षको जिम्मेवारी डा.सुनिल शर्माले सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement