संगालोखबर संवाददाता

काठमाडौं । कमेडियन कलाकार कमल गाउँलेले यसवर्ष पनि गाईजात्रे भिडियो ‘भाइरल’ लिएर आएका छन् । १७ वर्षदेखि नियमित गाईजात्रे भिडियो सार्वजनिक गर्दै आएका गाउँले यो भिडियो करिव एकहप्ता अगाडि यूट्युबमा समेत राखेका छन् ।

Advertisement

युट्युवमा कमलको गाईजात्रे प्रस्तुति ‘भाइरल’ले दर्शकको मन जितेको छ । गाईजात्रे प्रस्तुतिको स्क्रिप्ट कमल आफैले लेखेका हुन् ।

कमललाई संगीतकार तथा गायक गोविन्द मधुर आचार्य र क्यामरामा सन्देश शाहले विशेष सहयोग गरेका छन् ।

समाज र राजनीतिमा हुने घटना क्रमलाई दर्शक समक्ष घोँचपेच गरेर झकझकाउन भिडियो ल्याएको गाउले बताए । भिडियो ‘भाइरल’ले त युट्युबमा भाइरल मच्चाउने उनको बिस्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement