संगालोखबर संवाददाता

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सोमबार प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा दिउँसो ३ बजेसम्म ६३ प्रतिशत मतदान भएको छ ।

Advertisement

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६०–६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने जानकारी आयोगले दिएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको र शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा सोमबार भइरहेको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement