संगालोखबर संवाददाता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएको छ ।

Advertisement

पार्टीका नेता दिलनाथ गिरीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मधेश केन्द्रित दलहरुसँग मिलेर मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएका हुन् ।

उनले राष्ट्रवादी शक्तिहरुलाई एक्ल्याउँदै लैजाने नीति अनुसार प्रदेश नम्बर २ को निर्वाचनमा पनि काँग्रेस, माओवादी केन्द्र र मधेश केन्द्र्रित दलहरुबीच गठबन्धन भइरहेको पनि उल्लेख गरे ।

विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको विषयलाई भारतमा उठान गरेर प्रधानमन्त्री शेरबहाुदर देउवाले राष्ट्र र जनताको शिर निहुँ¥याउने काम गरेको दावी पनि गरे ।

नेता गिरीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आवश्यक अनुसार अन्य राजनीतिक दलहरुसँग तालमेल गरेर जाने अधिकार स्थानीय पार्टीलाई दिइएको पनि स्पष्ट पारे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement