संगालोखबर संवाददाता

काठमाडौं । बझाङको कोइरालाकोटलाई केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ३५ मिनेटमा ४.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

बाजुरा, हुम्ला, दार्चुला, बैतडी, डोटी, अछामलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।

भूकम्पबाट हालसम्म कुनै पनि क्षति भएको जानकारी प्राप्त नभएको बझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement