रबिन कटेल

धनकुटा । धनकुटा नगरपालिका–६ पाङसिङका एमाले कार्यकर्ता राजन कार्कीमाथि भएको कुटपिटको घटनामा आफ्ना नेता कार्यकर्ताको नाम जोडेर झुटो आरोप लगाइएको कांग्रेसले दावी गरेको छ । कांग्रेस जिल्ला कार्य समिति धनकुटाले शनिवार प्रेस विज्ञप्ति जारी गदै झुटो आरोप लगाएर कांग्रेस नेता कार्यकर्ताको बदनाम गर्न खोजिएको दावी गरेको हो ।

एमालेको विजय जुलुसमा सहभागि भएर फर्कने क्रममा गत बिहीबार राती धनकुटा–६ सल्लेरीस्थित आँखा अस्पताल अगाडि एमाले कार्यकर्ता कार्कीमाथि कुटपिट भएको हो । कुटपिटबाट कार्कीको देब्रे आँखा माथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । जिल्ला अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि घाइते कार्कीलाई विराटनगर पठाइएको छ ।

Advertisement

घाइते कार्कीले कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठसहितको समूहले आफूमाथि कुटपिट गरेको बताइरहेका छन् । राजनसँगै घर फर्कदै गरेका र कुटाई खानबाट भागेर जोगिएका तिलक कार्की पनि नरेशसहितको समूहले कुटपिट गरेको बताउँछन् । तर, कांग्रेस नगर सभापति श्रेष्ठ भने कुटपिटमा आफ्नो संलग्नता नरहेको र झुटो आरोप लगाएर आफूलाई फसाउँन खोजिएको दावी गरिरहेका छन् ।

यही विषयमा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई र नगर उपसभापति अमित लो तामाङले प्रेस विज्ञप्ति जारी गरेर घटनामा नाम जोडिएका नगर सभापति श्रेष्ठ र नगर सदस्य शिव पुजन शाहको संलग्नता नरहेको दावी गरेका हुन् ।

 

यो पनि हेर्नुहोस्…

धनकुटामा एमाले कार्यकर्तामाथि जङ्गलमा बाटो ढुकेर कुटपिट, कांग्रेस नेताले कुटेको आरोप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement