अनलाइन खबर

विराटनगर, २ फागुन । माओवादी केन्द्रले प्रदेश १ मा गृह र अर्थसहित चार मन्त्रालय दाबी गरेको छ । तर, एमालेले गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रालय दिन चाहेको छैन ।

Advertisement

प्रदेश १ को मुख्यमन्त्रीमा बुधबार मात्र एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।

राईले भोलि सपथ लिनेछन् । लगतै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

तर, मन्त्रालय भागवण्डा मिलेको छैन । दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा माओवादीले आन्तरिक मामिला, अर्थ, भौतिक पूर्वाधारसहित चार मन्त्रालय मागेको छ ।

एकल बहुमत भएको गृह र अर्थ दुबै दिन तयार देखिएको छैन । ‘मुख्यमन्त्री र सभामुख दुबै उहाँहरुले राखेपछि महत्वपूर्ण मन्त्रालय हामीलाई चाहिन्छ’ माओवादीका एक नेताले भने, ‘सम्मानजनक अवस्था नभए हामी कसरी सरकारमा जानु ?’

स्रोतका अनुसार गृह र अर्थ दुवै मागेको माओवादीले दुईमध्ये एक मन्त्रालयमा तयार हुनसक्छ ।

एमालेले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने तयारी गरेको छ । त्यसो भए अर्थसहित महत्वपूर्ण तीन मन्त्रालय पाउनुपर्ने माओवादीको अडान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!