काठमाडौँ, २ फागुन । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।

Advertisement

आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक पूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ । ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

पार्टी एकतालाई अन्तिम रुप दिन आजै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बसेको बुझिएको छ । आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ ।

दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अघि गरेको सहमतिबमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!