रबिन कटेल/संगालोखबर

धनकुटा, ५ माघ । धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । आन्दोलन हिंसात्मक बनेपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती बताउँछन् । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दासमेत प्रहरीले गालीगलौज गरी कुटपिट गर्ने गरेको बजारबासीको गुनासो छ । घरको छतबाट बाहिर हेर्दासमेत प्रहरीले गाली गरेको स्थानीय बिक्रम पौडेलले बताए । ‘आफ्नो घरको छतमा बस्न पनि नपाउँनु यो कस्तो कानुन हो ?’ प्रश्न गर्दै पौडेलले भने ‘निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको छ ।’

Advertisement

बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले प्रहरी प्रशासनले निषेधाज्ञाको नाममा सर्वसाधरणलाई अमानविय ब्यावहार गरेको बताए । उनका अनुसार पुजाको थाली बोकेर मन्दिर जाँदै गरेका भक्तजनलाईसमेत प्रहरीले अपसब्द प्रयोग गरी गाली गलौज गरेका छन् । परिचयमोड लगायत बिभिन्न स्थानमा प्रहरीले एक्लै हिड्दै गरेका पैदलयात्रीलाई कुटपिट गरेको श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

भीमनारायण चौक नजिक पैदलयात्रीलाई कुटपिट गर्दै प्रहरी । तस्वीर: संगालोखबर

‘बजारमा हिड्दा कफ्र्यू लागेको थाहा पाईनस भन्दै पुलिसले थर्काउँछ’ स्थानीय सुवास मगरले भने ‘सीडीओले निषेधाज्ञा जारी गरिएको भनिरहेका छन, पुलिसले कफ्र्यू लागेको भन्दै थर्काउँनु दादागिरी शैली हो ।’ अर्का स्थानीय कमल अधिकारीले अस्पताल गएर फर्किदै गर्दा आफुलाई प्रहरीले लखेटेको जानकारी दिदै यसरीनै प्रहरीको ज्यादती चलिरहे स्थानीयले प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनका अनुसार प्रहरीले औषधी पसलसमेत बन्द गराएको छ ।

यता प्रमुख जिल्ला अधिकारी उप्रेतीले प्रहरीले गलत ब्यावहार गरेको भए सच्याउँन लगाउँने प्रतिक्रिया दिए । प्रहरी प्रमुख सुदिप राजभण्डारीले प्रहरीले सर्वसाधरणलाई गाली गलौज र कुटपिट नगरेको दावी गर्दै केही गलत भएमा तत्काल सुधार गर्न दिर्नेशन दिने संगालोखबरलाई बताएका छन् ।

यो पनि पढ्नुहोस्…

धनकुटामा कर्फ्यू लगाईएको हैन, निषेधाज्ञा मात्र जारी गरिएको हो : प्रजिअ उप्रेती

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!