८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङ, १४ माघ। खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। गत माघ १० गते मध्यान्ह हर...
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ।  जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापु...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

विराटनगर, १४ माघ। मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले के...
जंगली हात्तीबाट झापावासी आक्रान्त

जंगली हात्तीबाट झापावासी आक्रान्त

भद्रपुर, १४ माघ ।  खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी किनारा हुँदै स–सना झुण्डका रुपमा ...
प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने...
सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

धनकुटा, १३ माघ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट शनिवार धनकुटामा बधाई ज्ञापन गरिएको छ । माओवादी केन्द्र धनकुटाले शुरभी होटलमा कार्यक्रम गरी नव निर्वाचित सांसद श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उनलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले बताए । सम्मानित भएपछि ब...
तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तमोर आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

तेह्रथुम, १३ माघ।  तेह्रथुमबाट निर्वाचित सांसदहरुले तमोर जलाशययुक्त आयोजना निर्माणको योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजना बनेमात्रै पनि तेह्रथुम जिल्लाको समृद्धि सम्भव भएकाले त्यस्तो महत्वको योजना निर्माण गर्न आफूले सक्दो भूमिका खेल्ने बताउनुभयो । प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले पनि प्रादेशिक सरकारको प...
विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

विद्यालय र बालबालिका क्षेत्रमा ३५ लाख बजेट

इलाम, १३ माघ। माङ्सेबुङ गाउँपालिकाको प्रथम गाउँसभाले विद्यालय सुधार कार्यक्रम तथा बालबालिका क्षेत्रमा रु ३५ लाख बजेट पारित गरेको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र ...
जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

पाँचथर, १३ माघ। याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...