कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु
सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर...

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो
धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तर...

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद
जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसह...

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा
पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी
काठमाडौं, १६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर ...

पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा

पहिरोका कारण  पूरै गाउँ विस्थापित हुने अवस्थामा
बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । यस वर्ष वर्षात् शुरु भएसँगै स्...

प्रभावकारी बन्दै बहुभाषामा शिक्षण

प्रभावकारी बन्दै बहुभाषामा शिक्षण
रुकुम।यहाँका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ । तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका आठवटा विद्यालयमा बहुभाषामा पढाउन आठ जना शिक्षक तोकिएको छ भने करिब छ सय छात्रछात्राले सो भाषामा अध्यय...

फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते

फेवातालको दलदले हिलोमा जिप खस्दा एकको मृत्यु, पाँच घाइते
पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम...

एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले

एचआइभी संक्रमितहरु सहयोग नपाएपछि पलायन हुन थाले
म्याग्दी।  पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् । संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम...
error: Content is protected !!