किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

खोटाङ, १७ माघ । किराती सभ्यताको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुमको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोही स्थानसँग सम्बन्धित गीति भिडियो निर्माण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित किराती इतिहास, सभ्यता तथा सीपसँग जोडिएको रमणीय तुवाचुङलाई गीति भिडियोको माध्यमबाट संसारभर परिचित गराउने उद्देश्यका साथ सोही स्थानको परिचय झल्कने गीतको भिडियो निर्माण शुरु गरिएको हो । नेपालक...
धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटा, १६ माघ । शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी धनकुटामा पनि मंगलबार शहीद दिवस मनाईएको छ । हुसाडेक नेपाल धनकुटाको आयोजनामा धनकुटा–७ वसपार्क स्थित शहीद स्मारक स्तम्भमा माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ । शहीद स्मारक स्तम्भमा माल्यार्पण गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शहीदले देखेको सपना साकार पार्नु आफ्नो कर्तव्य भएकाले शहीदको सपना पुरा गर्न सदैव लागिपर्ने ...
विद्युत् सर्ट भइ आगलागी  हुँदा ७ लाखको क्षति

विद्युत् सर्ट भइ आगलागी हुँदा ७ लाखको क्षति

काठमाडौं, १६ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् सर्ट भइ स्थानीय बमबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो । आगलागीबाट उनको दुई तले घर तथा घरभित्र रहेका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
चिया बगानमा मजदूर अभाव

चिया बगानमा मजदूर अभाव

इलाम, १६ माघ । बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ । चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गर...
डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

गाईघाट, उदयपुर, १६ माघ ।  कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् । गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो ।...
युवती चार दिनदेखि बेपत्ता

युवती चार दिनदेखि बेपत्ता

इलाम, १६ माघ । सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् । नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताउनुभयो । धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले...
‘जिउँदो शहीद’ को रिक्सा सहारा

‘जिउँदो शहीद’ को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ ।  जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै काँधमा छ, त्यसैले उहाँ सकिनसकी सिटी रिक्सा चलाइरहनुभएको छ । “के गर्नू, गरी ...
प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

विराटनगर,१६ माघ । प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले कानुनविद्सँगको परामर्शपछि अधिवेशन आह्वान गरिएको जानकारी दिए । अधिवेशन विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा हुनेछ ।
बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

तेह्रथुम, १६ माघ।  तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका नि...
सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

इलाम, १६ माघ।  इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक/एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । प्रथम नगरसभाबाट स्वीकृत आव ...