रकम निकाशा नभएपछि धनकुटाका २२ योजना अलपत्र

रकम निकाशा नभएपछि धनकुटाका २२ योजना अलपत्र
धनकुटा, १९ चैत ।  शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।  धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम  आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ...

ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने

ओली र मोदीले दिल्लीबाटै अरुण तेस्रोको उद्घाटन गर्ने
काठमाडौं, १९ चैत ।  प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणका क्रममा २४ चैतमा नयाँदिल्लीको हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । प्रधानमन्त्री ओली र मोदीबीच एकान्त वार्ता र औपचारिक वार्तापछि आयोजना हुने संयुक्त पत्रकार सम्मेल...

आमाको उपचारको लागि पैसा लिएर आएका छोरा बाटोमै यसरी लुटिए

आमाको उपचारको लागि पैसा लिएर आएका छोरा बाटोमै यसरी लुटिए
विराटनगर, १९ चैत ।  बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमै लुटिएका छन् । लुटेराहरुले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन् । बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ बर्षीय वीरेन्द्र यादवलाई लुटेराहरुले कुटपिट गरी दिनदहाडै लुटेका हुन् । देवानगन्...

अपडेट:आगलागीबाट १६ घर नष्ट

अपडेट:आगलागीबाट १६ घर नष्ट
इनरुवा, १८ चैत। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयास...

सुनसरीमा आगलागी बाट १५ घर नष्ट

सुनसरीमा आगलागी बाट १५ घर नष्ट
इटहरी, १८ चैत । सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब ३५ लाखको नोक्सानी भएको छ । भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो । अपराह्न साढे...

इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार
इलाम,१८ चैत । इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको २, ४, ५ र ६ का करिब २५० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् । स्थानीयले विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नगरिएको गुनासो गरेका छन् । वडासचिव गोविन्द भट्टराईले सडक निर्माणका क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्म ढलेका पो...

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग
पथरी, मोरङ, १८ चैत।  वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गरे । समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा  दुई लाख र मकाउमा कार्यरत गीता मगरको पह...

विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु
विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर...

करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 

करणी गरेको आरोपमा वडा सदस्य पक्राउ 
पाँचथर, १७ चैत । फालेलुङ,६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज पक्राउ गरेको हो । पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।

वडाध्यक्षको मृत्यु

वडाध्यक्षको मृत्यु
पाँचथर, १७ चैत। हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ । उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही गाउँका भीमबहादुर योक्पाङदेनविरुद्ध सार्वजनिक अपराधसम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको २४ घण्टा बित्न नपाउँदै तिम्सिनाको मृत्यु भएको हो । वडाको सडक विस्तार गर्ने व...
error: Content is protected !!