संगालोखबर संवाददाता

सुनसरी, २८ साउन । बाढीका कारण इटहरीमा डुवान भएको छ । वाढीमा चार जनाको शव भेटिएको छ । इटहरीका सय भन्दा बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

Advertisement

सुनसरीको इटहरी उप-महानगरपलिका-४ स्थित बुढी खोलामा आएको बाढीले उप-महानगरपलिकामा रहेको गैरीगाउका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक,आपगाछी, साथिपुल, सुकुम्वासीटोल, सुनौलो टोल र डुमटक्का आसपासका बस्तिहरु डुबानमा परेका छन् ।

त्यस्तै दुहवी-४ महलहट्टीमा अन्दाजी ४० घर र यता दुहवीकै मुसहर बस्ती समेत डुबानमा परेको छ।

सेउती खोलमा आएको बाढीले रामधुनी नगरपलिका-६ बक्लौरी स्थितमा अन्दाजी १० घरहरु डुबामा परेका छन् ।

उक्त स्थानहरुमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कर्यालय इटहरी र दंगा नियन्त्रण प्रहरी गण दुहवीबाट प्रहरीको टोली उक्त स्थानमा गई उद्दार गरिरगहेको छ भने डुबानमा परेर घाइते तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement