रबिन कटेल

झापा । झापाको भन्द्रपुर नगरपालिका–१ मा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र जिल्ला प्रशासन कार्यालय झापाको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा नोबेल अस्पतालका डाक्टरहरुले ९५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा १६३ जनाको भिडियो एक्सरे, १२७ जनाको रक्त परीक्षण र ८९ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २२ जनाको दाँत फुकालिएको छ ।

स्वास्थ्यमा कम पहुँच भएका ग्रामीण क्षेत्रका विपन्न बिरामीहरुलाई लक्षित गरी नोबेलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement