रबिन कटेल

धनकुटा । धनकुटाका सात स्थानीय तह मध्ये चार कार्यपालिकामा नेकपा एमालेको बहुमत भएको छ । तीन कार्यपालिकामा भने गठबन्धनसम्बद्ध दलहरुको बहुमत छ । सोमवार जिल्लाका सातै वटा पालिकामा सम्पन्न कार्यपालिका सदस्य निर्वाचनबाट पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिका र चौविसे गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेका बहुमत सदस्य निर्वाचित भएका हुन् ।

Advertisement

त्यस्तै, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा गठबन्धन सम्बद्ध दलका उम्मेदवार निर्वाचित हुँदा कार्यपालिकामा गठवन्धनको बहुमत भएको हो । कार्यपालिका निर्वाचनबाट नगरपालिकामा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना निवार्चित भएका छन् । त्यस्तै गाउँपालिकामा महिलातर्फ ४ जना र दलित तथा अल्पसंख्यकतर्फ २ जना निर्वाचित भएका छन् ।

धनकुटा नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरु कृष्णमाया श्रेष्ठ, ज्ञानु राई, मञ्जु कार्की, मनकला लङ्वा (लिम्बू), रेजीना हिङमाङ, दिलकुमार राई, भोगेन्द्रकुमार राई, सुरेन्द्र राई (आठपहरिया) विजयी भएका छन् । यसैगरी सहिदभूमि गाउँ कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार प्रकाश राई, सावित्रा राई, दिवानी राई, मधु भण्डारी, विनिता राई र वालिका विश्वकर्मा विजयी भएका छन् ।

त्यस्तै छथरजोरपाटी गाउँपालिकामा गठवन्धनबाट रामबहादुर राई, फूर्वा रेन्जी शेर्पा, धनमाया विक, मिना लिम्बू, रामप्यारी विष्ट र मिङ्मा शेर्पा विजय भए । त्यस्तै महालक्ष्मी नगर कार्यपालिकामा पनि गठवन्धनको वहुमत आएको छ । गठवन्धनको तर्फबाट उम्मेदवार वनेका याम लिम्बूखिम, मिना खपाङ्गी, कमला सुन्दास, मनकुमारी वि.क., गोकर्ण तुम्वा निर्वाचित हुँदा नेकपा एमालेबाट अम्विका थापा, प्रिन्सा थापा र कुलवहादुर सुन्दास निर्वाचित भए ।

यसैगरी चौविसे गाउँ कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेमा देवकुमारी गजमेर, लक्ष्मी माया मगर, वेनु याखा, छलमाया राई, नारायणकुमार परियार र शारदा देवान छन् । यसैगरी साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेको प्यानलनै विजयी भयो । विजयी हुनेमा वालकृष्ण राई, भलकमान राई, उर्मिला राई, वुद्धिकुमारी लिम्बू, ज्योति राई र निर्मला दर्र्जी छन् । भलकमान राई भने गोलाप्रथाबाट निर्वाचित भए ।

पाख्रीवास नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको एकल वहुमत पुगेको छ । कार्यपालिका निर्वाचनमा नेकपा एमालेको प्यानलनै विजयी भए । विजयी हुनेमा तारादेवी ढकाल (धमला), विष्णुमाया विश्वकर्मा, गिता परियार, सितादेवी वस्नेत, सरिता कार्की, इन्द्रकुमार राई, नगेन्द्र राई र रुपवहादुर विश्वकर्मा छन् । सातै स्थानीय तहको कार्यपालिकामा महिला सदस्य/दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि निर्वाचन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement