रबिन कटेल

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कागेश्वरी मनोहरा–६ को श्रीद बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा ८६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १२१ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ८९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका २४ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement