संगालोखबर संवाददाता

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा मंगलबार साँझ ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Advertisement

राजविराजबाट सखडातर्फ जाँदै गरेको स १ त ३४६७ नम्बरको ट्र्याक्टरमा चढेका बालक ट्र्याक्टरबाट लडेर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएको छ भने चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय राजविराजले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement