संगालोखबर संवाददाता

एजेन्सी, १० कात्तिक । केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिएअनुसार उक्त बिरालो मलेसियामा जन्मिएको हो ।

Advertisement

यो पनि बताइएको छ कि, यसको अनुहारको बनावट ठ्याक्कै मानिसकै जस्तो छ ।त्यत्ति मात्रै कहाँ हो र ! यसलाई अहिले एक ल्याबमा राखिएको छ ।

तर, मलेसियन प्रहरीले भने त्यहाँ त्यस्तो बिरालो नजन्मिएको भनेको छ र यसलाई झुटो भनेको छ ।तर, सामाजिक सन्जालमा भाइरल भइरहेको यो तस्बिरपछि एकपटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सँगै सुरु भएको छ । सामाजिक सन्जालमा यो चर्चित बन्दै गए पनि यसको तथ्य के हो भन्ने कुराचाहिँ कतैबाट पनि पुष्टि हुन सकेको छैन ।

सार्वजनिक तस्बिरमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ । साथै, कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ ।

यता, मलेसियन प्रहरीले भने यो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्ने दाबी गरेको छ । उक्त तस्बिरलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाइएको प्रहरीको दाबी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement