संगालोखबर संवाददाता

उत्तर कोरियाले गत सेप्टेम्बर ३ तारिखमा गरेको परमाणु परिक्षणपश्चात् सार्वजनिक भएको रिपोर्ट अनुसार दक्षिण कोरियाले किम जोंग उनको हत्याका लागि विशेष दलको स्थापनामा हरियो झण्डा देखाएको छ ।

Advertisement

यदि यो कुरा साँचो हो भने यो कदम दक्षिण कोरियाली राष्ट्रपति मून जे इनको विदेश नीतिमा आएको महत्वपूर्ण मोड भन्ने बुझ्न सकिन्छ ।

उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा सफल परमाणु परिक्षण गरेको दाबी गर्यो । यो उत्तर कोरियाको छैटौं परमाणु परिक्षण हो ।

उत्तर कोरियासँग कुराकानीका लागि वातावरण मिलाइरहेका प्रगतीशील नेता मून जे इनको नीतिमा अचानक यस्तो परिवर्तन किन आयो ?

उत्तर कोरियालाई रोक्न सैन्य उपाय र अमेरिकी राष्ट्रपतिका तिता बचन असफल भएपछि सियोलका नेता डराएका छन् किनभने यीमध्ये कुनै पनि तरिका प्योंगयांगलाई आफ्नो सेनालाई आधुनिकीकरण गर्न रोक्न सफल भएको छैन ।

उत्तर कोरियाले थप परमाणु परिक्षण गर्ने कुरा लगभग निश्चित नै मान्न सकिन्छ ।

उत्तर कोरियाले शुक्रबार स्थानीय समयानुसार बिहान ६ बजेर ५७ मिनेटमा जापानतर्फ आफ्नो सातौं मिसाइल प्रक्षेपण गरेको छ ।

यसअघि उत्तर कोरियाका नेताले यस्तो प्रकारको खतरालाई गम्भीरतापूर्वक लिएका छन् ।

उदाहरणका लागि सन् १९९३ मार्चमा जब उत्तर कोरिया र अमेरिकाबिचको तनाव चरम स्थितीमा थियो तब किम जोंग–उनका पिता किम जोंग–इलले करिब एक महिना एक सुरक्षित बंकरमा बिताएका थिए । यो त्यो अवस्था थियो जब उत्तर कोरियाले परमाणु अप्रसार सन्धीबाट पछि हट्दै युद्धको स्थिती पैदा गरेको थियो ।

अमेरिकालाई भड्काएको डरले किम जोंग–इल लुक्नुपरेको थियो तर यति हुँदै हुँदै पनि उत्तर कोरियाको रवैयामा कुनै परिवर्तन आएन । उसले आक्रामकताका साथ थुप्रै अन्तर्राष्ट्रिय नियम र पूर्ववत सम्झौतालाई एक पछि अर्को गर्दै उल्लंघन जारी राख्यो ।

उत्तर कोरियाको इतिहास हेर्ने हो भने विदेशको दबाब हेर्दै नेताले थुप्रै रचनात्मक तरिका अपनाएका छन् । जतिबेला विदेशबाट हमलाको खतरा देखियो तब यो देशका उन्माद नेताको हौसला बढेको छ ।

गत मे महिनामा उत्तर कोरियाले अमेरिकामाथि उत्तर कोरियाली नागरिकलाई किम जोंग उनमाथि जैविक हमला गर्नका लागि घुस दिन सिआइएलाई भड्काएको आरोप लागेको थियो ।

उत्तर कोरियाको दाबीलाई पुष्टि गर्न त मुश्किल छ तर यो उत्तर कोरियाको आफ्नै षड्यन्त्रबाट ध्यान हटाउने प्रोपोगान्डा पनि हुनसक्छ । उदाहरणको रुपमा गत फेब्रुअरीमा किम जोंग उनका दाइ किम जोंग–नमको एक घातक नर्व एजेन्टबाट गरिएको हत्यालाई हेर्न सकिन्छ ।

किम जोंग उनमाथि हमलाको योजनाको विषयमा दक्षिण कोरियाले निकै सचेत रहनुपर्छ किनभने यदि किमको हत्याको कोसिस असफल रह्यो भने उत्तर कोरियाले सिमित सैन्य कारवाही जस्तो कदम उठाउन सक्छ । यस्तोमा यो संघर्ष पूर्ण परमाणु युद्धमा परिवर्तन हुनसक्छ ।

किमलाई सिधै धम्की दिनुका पछाडि दक्षिण कोरियाली नीतिकारको गणित यो पनि हुनसक्छ कि प्योंगयाङमा किम जोंग उनको वरिपरि घुम्ने राजनीतिक इलिटलाई कायापलटका लागि उक्साउन सकियोस् । यद्यपी, किम जोंग उनको छवि निकै कठोर नेताको रुपमा छ जसका कारण उनका सेनापती निकै डराउने गर्दछन् ।

केही समय अघि उत्तर कोरियाबाट भागेका व्यक्तिले कायापलटको सम्भावना निकै कम भएको बताए ।

उत्तर कोरियाका उच्च वर्गीय नेता किम जोंग उनसँग जति डराउँछन् र जति घृणा गर्दछन्, उनीहरु आफ्ना देशमा आफ्नै विरोधीबाट हुने खतराका लागि सशंकित हुने गर्दछन् ।

कुनै विकल्प छैनः

त्यसकारण यस्तो स्थितीमा किम जोंगको हत्याको योजना सफल हुने सम्भावना निकै कम छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले केही समय अघि सामरिक परमाणु हतियारलाई पुनः ल्याउने विषयलाई समर्थन गरेका थिए, यद्यपी सरकार उक्त कदमको पक्षमा थिएन किनभने मून जे इनको सरकारलाई डर छ कि यसले क्षेत्रमा हतियारको होड बढ्नेछ जसले नोक्सानी र अस्थिरताको स्थिती सृजना गर्नसक्छ ।

राष्ट्रपति मून जे इन उत्तर कोरियासँग कुराकानीको सम्भावनालाई अझै समाप्त गर्न चाहँदैनन् ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement