संगालोखबर संवाददाता

तेह्रथुम, १५ भदौ । तेह्रथुमको लालिगुँरास नगरपालिका–९ काँडेमा आज दिउँसो बस दुर्घटना भएको छ ।

Advertisement

तेह्रथुम सदरमुकाम म्याङलुङबाट काठमाण्डौ जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी रात्रीबस लसुने नजिक काँडे भन्ने स्थानमा पल्टिएको प्रहरीले जनाएको छ ।

  दुर्घटनामा परी म्याङलुङ्ग नगरपालिका–३ की फुलमाया तामाङ घाईते भएकी छन । बस पल्टिएर सडक ढाकेपछि कोशी राजमार्ग स्थित तेह्रथुमको लसुने–म्याङलुङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।

सडकमा बस पल्टिएपछि आवतजावत हुन नसक्दा सवारी साधन रोकिएर बसेको स्थानीय कमल पौडेलले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement