संगालोखबर संवाददाता

एजेन्सी। उत्तर कोरियाले पहिलो पटक आफूले गत मंगलबार जापनामाथि क्षेप्यास्त्र परिक्षण गरेको स्विकार गरेको छ । प्यासिफिक ओसनमा अन्य थप परमाणु परिक्षण हुने जानकारी दिँदै किम जोंग उनको हवाला दिँदै कोरियाली न्यूज एजेन्सी (केसीएनए) का अनुसार मंगलबारको क्षेप्यास्त्र परिक्षणलाई उत्तर कोरियाको तर्फबाट युद्धको तयारीको रुपमा हेर्न सकिनेछ ।

Advertisement

किम जोंगलाई उद्धृत गर्दै केसीएनएले भन्यो, ‘हाम्रो इन्टरमिडिएट–रेन्ज ब्यालेष्टिक मिसाइल ह्वासन्ग–१२ अमेरिका र दक्षिण कोरियालाई काउन्टर गर्न सक्षम छ ।’

उनको अगुवाईमा भयो परिक्षणः

केसीएनएका अनुसार उनको अगुवाईमा नै उत्तर कोरियाले ह्वासोन्ग–१२ मिसाइलको परिक्षण भयो ।

किम भन्छन्, ‘कोरियालीलाई हामी ताकत दिन चाहन्छौं ता कि उनीहरुले दुश्मनको सामना गर्न सकून् । दुष्ट जापानीसँग युद्ध गर्नका लागि हामीसँग एउटा निकै जबर्जस्त योजना छ ।’

उत्तर कोरियाको तर्फबाट यो पनि भनियो, ‘अहिलेको ब्यालेस्टिक मिसाइल टेस्टलाई प्रशान्त महासागर र गुआममा पहिलो अपरेशनको रुपमा हेर्न सकिन्छ ।’ प्रशान्त महासागरमा रहेको गुआममा अमेरिकी सैनिक बेस छ ।

अगस्ट महिनाको सुरुवातमा उत्तर कोरियाले अमेरिकी प्रशान्त क्षेत्र र गुआममा चार ह्वासोन्ग–१२ मिसाइल छोठ्ने धम्की दिएको थियो ।

मिसाइल हमलाको जवाफ दिनका लागि सबै विकल्प खुल्लाः

डोनल्ड ट्रम्पले उत्तर कोरियाको मिसाइल परिक्षणपछि मंगलबार हमलाको जवाफ दिनका लागि आफ्नो सबै विकल्प खुल्ला भएको भनी चेतावनी दिएका छन् ।

उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको मिसाइल उत्तरी प्रशान्त सागरमा खस्नुपूर्व जापानको आकाशबाट गुज्रियो । प्रधानमन्त्री शिन्जो आबेले यसमा रोष व्यक्त गर्दै आफ्नो सरकार जनताको सुरक्षाका लागि प्रतिबद्ध भएको बताएका छन् ।

आबेका अनुसार उनले डोनल्ड ट्रम्पसँग फोनमा कुराकानी गरे र दुबै देश उत्तर कोरियामाथि थप दबाब दिनका लागि पूर्ण सहमत भएको बताए । अमेरिका शत प्रतिशत जापानसँग  भएको पनि उनले बताएका छन् ।

योभन्दा अघि सन् २००९ मा उत्तर कोरियाको एक मिसाइल जापानको आकाशबाट गुज्रिएको थियो । उत्तर कोरियाले पछिल्लो महिनामा दुई इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको परिक्षण गरेको थियो ।

साउथ कोरियाका अनुसार उक्त मिसाइल प्योंगयांग नजिकै सुनानबाट प्रक्षेपण गरिएको र ५ सय ५० किलोमिटरको उचाईमा उडेको थियो । यसले करिब २ हजार ७ सय किलोमिटरको यात्रा तय गर्यो । यतिबेला उक्त मिसाइल उत्तर जापानको होक्काइदो आइल्याण्डमाथिबाट यात्रा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement